
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारलाई सचेत गराएको छ।
गाईबारे विवादास्पद अभिव्यक्ति दिएका सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको रास्वपाले जनाएको छ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ।’
साथै, सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसकोको पनि उनले स्पष्ट पारेका छन्।
बुर्लाकोटीले ‘रास्वपा सधैं विधिको शासन, सामाजिक न्याय, धर्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहने’ विज्ञप्तिमा उल्लेख गरेका छन्।
सुनारले राष्ट्रिय जनावर गाईबारे एक अन्तर्वार्तामा दिएको विवादास्पद अभिव्यक्ति भाइरल भएपछि उनको चर्को आलोचना भइरहेको छ।








प्रतिक्रिया