पोखरा फाइनान्सको मोवाइल बैंकिङ्ग एवं कर्मचारी तालिम



काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ ।

फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो ।

सो सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बि.आई.एम. मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।

चुक्ता पृ्ंजी ६५.५७ करोड रुपैयाँ रहेको यस वित्तीय संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिव ३ अर्व ९४ करोड ७७ लाख रुपैयाँ एवं कर्जा ३ अर्व ७० करोड १७ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा ७.०२ करोड रुपैयाँ कायम गर्न सफल भएको छ भने चुक्ता पुँजी वृध्दिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले दिए ।


क्लिकमान्डु