साउदीले खसाल्यो १० घण्टामा १७ ड्रोन

0
Shares

काठमाडौं । साउदीको रक्षा मन्त्रालयले हवाई प्रतिरक्षाले विगत १० घण्टामा राज्यभरि विभिन्न लक्ष्यहरूलाई लक्षित गरी प्रहार गरिएका १७ ड्रोन र एउटा ब्यालिस्टिक मिसाइललाई खसालेको जनाएको छ ।

गत फेब्रुअरी २८ मा सुरु भएको इरानी भू–भागमा अमेरिकी र इजरायली हवाई आक्रमणको बदला लिन इरानले खाडी क्षेत्रभरि सैन्य र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

जुन युद्धको असर अव खाडीमुलुक साउदी अरबमा पनि देखा परेको छ ।

इरानले अमेरिकाको संग्लनता भएको क्षेत्रमा केही दिनदेखि हवाई आक्रमण तीब्र पारेको छ । साउदीको रक्षा मन्त्रालयले हवाई प्रतिरक्षाले विगत १० घण्टामा राज्यभरि विभिन्न लक्ष्यहरूलाई लक्षित गरी प्रहार गरिएका १७ ड्रोन र एउटा ब्यालिस्टिक मिसाइललाई खसालेको जनाएको छ ।

मन्त्रालयले आक्रमणको उत्पत्ति कहाँबाट भएको हो भनेर स्पष्ट पारेको छैन, तर ती आक्रमणहरू इरानी भएको व्यापक रूपमा अनुमान गरिएको छ ।

साउदी मन्त्रालय र साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार पछिल्लो समयमा राज्यमा अवरोध गरिएका र नष्ट गरिएका शत्रु ड्रोनहरूको कुल संख्या अनुमानित १५० पुगेको छ ।

वायु प्रतिरक्षाले लगभग २५ वटा क्षेप्यास्त्रहरू पनि खसालेको छ, जसमा धेरैजसो ब्यालिस्टिक र केही क्रुज क्षेप्यास्त्रहरू छन् ।

अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमणको गत मार्च १२ थियो, जहाँ हवाई प्रतिरक्षाले ३१ वटा ड्रोनहरू खसाल्नुका साथै साउदीको पूर्वी प्रान्त, इम्प्टी क्वार्टरको शायबाह तेल क्षेत्र नजिकै, रियाद क्षेत्र र राज्यका अन्य भागहरूसहित धेरै क्षेत्रहरूमा ड्रोनद्वारा आक्रमण हुँदै आएको छ भने साउदीको अवस्था अहिलेसम्म सामान्य रहनुको साथै साउदीमा कार्यरत नेपालीहरू सुरक्षित रूपमा रहेका छन् ।