
एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको एक विमान दुर्घटनामा मृत्यु भएको छ । यो विमान बारामतीमा दुर्घटनाग्रस्त भएको बीबीसी हिन्दीले जनाएको छ ।
डीजीसीएका अनुसार बुधबार बिहान यो दुर्घटना भएको हो । विमानमा अजित पवार बाहेक अन्य चार जना सवार थिए, जसमा दुई चालक दलका सदस्य (क्रू मेम्बर) र अजित पवारका दुई सहयोगीहरू थिए । डीजीसीएका अनुसार दुर्घटनामा कोही पनि जीवित बच्ने सम्भावना छैन ।
बीबीसी मराठीसँग कुरा गर्दै अजित पवारका स्वकीय सचिव अनिल ढिकलेले पनि दुर्घटनाको खबर पुष्टि गरेका छन् ।
यो दुर्घटना बिहान ८:४८ बजे विमान अवतरण गर्ने क्रममा भएको थियो। अजित पवारका सुरक्षा गार्डहरू पनि उनीसँगै विमानमा थिए। यो एक चार्टर विमान थियो, जुन मुम्बईबाट बारामती जाँदै थियो ।
बारामती विमानस्थलमा अवतरणका क्रममा यो विमान रनवे नजिकै दुर्घटनाग्रस्त भयो र त्यसमा आगो लाग्यो ।








प्रतिक्रिया