उच्च पहाडी र हिमाली भेगमा बादल लाग्ने, तराईमा हुस्सु र कुहिरो


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केहि स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ।

दिउँसो देशका हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।