
काठमाडौं । आज(बिहीबार)नेपाली बजारमा आज सुनको मूल्य घटेको । बुधबार एकै दिन १० हजारभन्दा बढी मूल्य बढ्दै अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य बनेको सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।
बुधबार तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको ५ हजार ८७० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ९२० रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको हो ।








प्रतिक्रिया