
काठमाडौं । भूगर्व सिमेन्टले एकै वर्ष साढे १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा गत आवमा २० प्रतिशतले बढेको छ । साथै, कम्पनीले गत आवमा ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको कुल सञ्चित नगद ११ करोड ६० लाख रुपैयाँ रहेको छ ।
सन् २०१६ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । कम्पनीसँग आफ्नै माइनिङ उद्योग छ । कम्पनीले दैनिक ३ हजार २०० मेट्रिक टन क्षमतामा माइनिङ गर्दै आएको छ ।
साथै, कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट गरी दैनिक ७ सय मेट्रिक टन उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले दैनिक ३ सय मेट्रिक टन क्षमतामा क्लिङ्कर उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४ करोड ७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९५ करोड ९२ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया