उम्मेदवारी दिन प्रचण्ड आज रुकुम पूर्व जाँदै


रुपन्देही । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्व जाने भएका छन् ।

प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै आजै रुकुम पूर्वपुग्ने तालिका छ। उनलाई स्वागत गर्न आज साँझ ५ बजे जिल्लामा एक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रचण्डले भोलि (मंगलबार) रुकुम पूर्वबाट आफ्नो मनोनयन पत्र दर्ता गर्नेछन् र बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको मुख्य आधार क्षेत्र मानिने रुकुम पूर्वबाट प्रचण्डले पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघि गोरखाबाट निर्वाचति प्रचण्ड सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका हुन् ।