
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् ।
पहिलो पटक रास्वपाको केन्द्रीय कार्यालय पुगेका उनलाई पार्टी सभापति रवि लामिछानेसहित ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
पार्टी कार्यालय पुगेर घण्टी बजाएपछि उनका लागि तयार गरिएको कार्यकरक्षमा पुगेर उनले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहरण गरेको केही समयमै उनी कार्यालयबाट बाहिरिएका हुन् ।
उनी आजै सभापति लामिछानेसँग जनकपुर जाने कार्यक्रम छ । जुन रास्वपाको तर्फबाट उनको पहिलो कार्यक्रम हो ।
रास्वपामा प्रवेश गरेसँगै बालेन शाहले झापा–५ बाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी सुरु गरेका छन् ।








प्रतिक्रिया