आज देशभरको मौसम सफा रहने


काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ।

तराई भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहनेछ।