रत्नपार्क आसपास अत्याधिक जाम, के हो कारण ?


काठमाडौं । काठमाडौंको मुख्य क्षेत्र रत्नपार्क आसपास अत्याधिक सवारी जाम भएको छ ।

रत्नपार्क, खुलामञ्च, आसपास अत्यधिक सवारी जाम भएपछि ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै सवारी चालकहरूलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको हो ।

भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन, सिंहदरबारमा पृथ्वी जयन्ती लगायतका कार्यक्रम एकैसाथ चल्दा सो क्षेत्रमा सवारी जाम भएको हो । जसका कारण रत्नपार्क, पुतलीसडक, सिंहदरबार, माईतीघर, थापाथली, त्रिपुरेश्वरलगायतका क्षेत्रमा जाम रहेको छ ।