गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको जानकारी चलचित्रकर्मी राजेश घतानीले पारिवारिक स्रोतलाई उद्धृत गर्दै दिएका हुन् । दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्त तामाङको निधन भएको पुष्टि गरेका छन् ।

उनीलाई कार्डियाक अरेस्ट भएको बताइएको छ ।

तामाङ इण्डियन आइडल २००७ का विजेता हुन् । तामाङ नेपालमा पनि चर्चामा थिए । उनले थुप्रै लोकप्रिय नेपाली गीत गाएका छन् भने आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन् ।

प्रशान्तका चर्चित नेपाली फिल्महरूमा ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी–२’ रहेका छन्। उनले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा समेत डेब्यू गरेका थिए ।

नेपाली गायक तथा कलाकारहरुले पनि प्रशान्त तामङको निधनमा शोक व्यक्त गरिरहेका छन् ।