
एजेन्सी । अमेरिकी अधिकारीहरूका अनुसार ओरेगनको पोर्टल्यान्डमा संघीय एजेन्टहरू संलग्न गोलीकाण्डमा दुई जना घाइते भएका छन् ।
सहरको प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै एक पुरुष र एक महिलालाई अस्पताल लगिएको र उनीहरूको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) का अनुसार स्थानीय समय दिउँसो १४:१९ बजे एक भेनेजुएलाली गिरोहका सदस्यलाई ट्राफिक जाँचका लागि रोक्न खोज्दा उनले आफ्नो कारले एजेन्टहरूलाई ‘किच्ने प्रयास’ गरेपछि यो घटना भएको हो ।
मिनियापोलिसमा एक संघीय एजेन्टको गोली लागेर एक महिलाको मृत्यु भएको एक दिनपछि यो घटना भएको हो ।
यस घटनापछि अमेरिकी सहरहरूमा संघीय सुरक्षा निकायका कारबाहीहरूका विरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएका छन् ।








प्रतिक्रिया