टि–२० विश्वकपको ट्रफी नेपालमा (तस्बिर)


काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने आइसीसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी नेपाल आइपुगेको छ ।

आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा रहेन छ ।

सोमबार राष्ट्रपति कार्यालयमा ट्रफी प्रदर्शन गरिएको छ। त्यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ट्रफी प्रदर्शन गरेका थिए ।

टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।