
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि सोमबार सुनको मूल्य २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो ।
सोमबारको तुलनामा आज मंगलबार सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको हो । आइतबार आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ हजार २३५मा कारोबार भएको चाँदीको मूल्य आज तोलाको ४ हजार २५५ रुपैयाँ तोकिएको छ ।








प्रतिक्रिया