
काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।
मंगलबार नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई पक्राउ गरिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीले क्लिकमान्डुलाई जानकारी दिए ।
उनी बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गरिएको हो ।
नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कार्कीले बताए ।







प्रतिक्रिया