न्यून गुणस्तरको भेटिएपछि खजुरीको पफ बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन

133
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तरको पफ बजारबाट फिर्ता लिन उद्योगलाई निर्देशन दिएको छ।

विभागले ललितपुरको गोदावरीस्थित खजुरिको नेपाल प्राइभेट लिमिटेडबाट उत्पादित पफमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमाभन्दा बढी अवशेष पाइएकाले बजारबाट फिर्ता लिन विभागले निर्देशन दिएको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माकाअनुसार उक्त उद्योगबाट उत्पादित ब्याच नम्बर बी वान थ्रि ए र उत्पादन मिति सन् २०२५ अक्टुवर तथा बी वान फाइभ ए र उत्पादन मिति २०२५ नोभेम्बर २७ भएको पफमा तोकिएको औद्योगिक ट्रान्स फ्याटको मात्रा मापदण्ड विपरित अधिकतम पाइएको अभियोगमा बजारबाट फिर्ता लिन निर्देशन दिइएको हो ।

विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम मात्राको सीमा २ प्रतिशतसम्म हुनुपर्ने तोकेको छ ।

Skip This