
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज(मंगलबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो ।
अघिल्लो दिन २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
तीन दिनयता चाँदीको मूल्यले भने दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।
सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँ तोकिएको छ । चाँदी सोमबार ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी ३,४९० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते कायम भएको उच्च मूल्य रेकर्ड आइतबार तोडिएको थियो ।







प्रतिक्रिया