
काठमाडौं । शुक्रबार(आज) नेपाली बजारमा सुनको मूल्य साढे २ लाख कटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन(बिहीबार)को तुलनामा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढी हो । बिहीबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३२८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ३३४५ रुपैयाँ तोकेको महासंघले जनाएको छ ।







प्रतिक्रिया