
काठमाडौं । सरोबर एग्रो इन्डष्ट्रिजले एकै वर्ष २ अर्ब बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १६ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२४ मा ८३ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष ७.९ प्रतिशत नाफा मार्जिन गरको छ ।
सन् २०२० मा स्थापना भएको कम्पनीले सन् २०२३ को डिसेम्बरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।
कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले प्रतिघण्टा १२ मेट्रिक टन क्षमतामा चामल उत्पादन गर्दै आएको छ ।
कम्पनीले प्रशोधन गरेको चामल ५ केजी देखि २५ केजीको प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
सौदगरप्रसाद जैसवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ५४ करोड ७५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २४ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया