
काठमाडौं । केडिया ग्रुपको महावीर इन्टरनेशनल सप्लायर्सको व्यापार २७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २७ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा १ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ६३ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट दाल आयात गरी प्रशोधन गर्दै नेपालमा व्यापार गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको दालहरु यसोदा, उत्तम र राजंस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
मुक्तिकुमार अग्रवाल र अंकित केडियाको बराबर स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया