सुन चाँदीको मूल्य घट्यो, कति पुग्यो ?

420
Shares

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

एक तोला सुनको मूल्य ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीमा ६० रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ मा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी तीन हजार ३४५ रुपैयाँ खरिदबिक्री भएको थियो ।