
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन गर्न आवश्यक भएको बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले देशमा ठूला पूर्वाधार परियोजना बनाउन आन्तरिक पुँजी परिचालन गर्नुपर्ने बताए ।
उनले भने ‘प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर ठूल पूर्वाधारकाे विकास हुँदैन् । यसका लागि देशमै छरिएर रहेको पुँजीलाई एकत्रित गरी पूर्वाधार विकास तथा उद्यमशीलतामा लगाउनुपर्छ ।’
अध्यक्षका ढकालले महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजीको अभाव नहुने बताए ।
देशको आर्थिक वातावरण सुधार गर्न महासंघ निरन्तर बहस र पैरबी गरिरहेको चर्चा गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघको प्राथमितासाथ उठाएको बताए । उनले भने ‘देशमा शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना हाम्रो साझा प्राथमिकता हो । जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् ।’
जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिनुपर्ने पनि उद्योगी व्यवसायीकाे भनाइ छ ।
निजी क्षेत्रमाथी भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाही गर्न सरकारसंग माग राखेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता दिएर व्यवायीक मनाेबल बढाउनुपर्ने पनि अध्यक्षा ढकालले बताए । ‘महासंघको आग्रहमा गृह मन्त्रालय सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष एवं प्रतिनिधिलाई समावेश गर्ने निर्णय गरेको छ,’ ढकालले भने ।
उनले महासंघकको पवहलमा लामो समय देखिको ट्रक तथा डेडिकेटेड लाइनको समस्या समाधानको लागि सरकारसंग सहमतीको प्रयास गरेको बताए । उनले यो प्रयाससंगै विद्युतको विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास पनि व्यक्त गरे ।
अध्यक्ष ढकालले जिल्लानगर वाणिज्य संघहरुको माग अनुरुप विधान संशोधन गरि दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिंदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरुहरु लाधान्वित हुने बताए । उनले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैं तयार रहको बताए ।







प्रतिक्रिया