
काठमाडौं । नारायणगढमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढ नजिकै सुख्खा पहिरो खसेका कारण बिहिबार साँझ ५ बजेदेखि उक्त सडक खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन उक्त क्षेत्रमा उपकरण परिचालन गर्न लागिएको जानकारी गराउदै डिभिजन कार्यालयले उपकरण आइपुगेपछि करिब २ घण्टामा पहिरो पन्छाएर बाटो सुचारु गरिने जनाएको छ । उक्त क्षेत्रमा सुख्खा पहिरोको उच्च जोखिम रहेकाले सचेत भएर सवारी साधन चलाउनसमेत कार्यालयले आग्रह गरेको छ ।







प्रतिक्रिया