सुनचाँदीको मूल्यमा घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

623
Shares

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।