
काठमाडौं । ट्यांकरबाट चोरी गरी पेट्रोलियम पदार्थ बिक्री गरेको अभियोगमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलिमय पदार्थ लोड गरी थानकोट डिपोमा आउँदै गरेको ना ४ ख ९३७७ नम्बरको ट्यांकर चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे ४ बजे उक्त ट्यांकरले मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित जय शिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पट्रोल झिकिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ट्यांकर चालकसहित पेट्रोल पम्पमा काम गर्ने ३ गरी ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया