सेयर बजारमा ६२ अंकको उच्च वृद्धि, साढे ४ अर्ब माथिको कारोबार

42
Shares

काठमाडौं । तिहारको करिब १ साता लामो बिदापछि खुलेको सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । तिहारपछि गत आइबार खुलेको सेयर बजारमा परिसूचक नेप्से ५.१९ अंकले बढेर २५०९.०४ को बिन्दुमा बन्द भएको थियो।

तिहारअघि गत साताको आइतबार बढेर २५०० भन्दा माथिको बिन्दुमा नेप्से रोकिएको थियो । त्यसअघि लगातार ३ दिन घटेको बदजारमा तिहार बिदाअघिको अन्तिम दिन भने दोहोरो अंक्ले बढेर २५०० अंकमाथि बन्द भएको थियो ।

तिहारपछि लगातार दोस्रो दिन पनि बढेको बजार परिसूचक नेप्से आज मंगलबार ६२.२९ अंक अथात् २.४८ प्रतिशतको उच्च वृद्धि हुँदा २५७१.३४ को बिन्दुमा पुगेको छ । उच्च अंकले बढेको बजारमा कारोबार साढे ४ अर्ब माथि पुगेको छ ।

मंगलबार बजारमा ४७ हजार ९४ वटा कारोबारमा ९२ लाख ४३ हजार ७२३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजारको कारोबार भएको छ ।

मंगलबार हिमालयन पावर पार्टनरको सर्वाधिक २४ करोड ९४ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै युनियन हाइड्रोपावरको २३ करोड २२ लाख ६९ हजार राधी विद्युत कम्पनीको २१ करोड ९८ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार नेप्सेसँगै व्यापार बाहेक सबै उपसूचकहरुमा हरीयाली छाउँदा विकास बैंक उपसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसूचक ३.९० प्रतिशत, जिवन बिमा उपसूचक ३.५५ प्रतिशत र फाइनान्स उपसूचक ३.१४ प्रतिशतले बढेको छ । यस्तै लगानी उपसूचक पनि ३.१९ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक १.९२ प्रतिशतले बढेको छ । यता व्यापार उपसूचक भने ०.७६ प्रतिशतले घटेको छ ।

मंगलबार बजारमा कुल २५० सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा २३६ कम्पनीको सेयरमूल्य बढेको छ । १२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको स्थिर छ ।

मंगलबार कारोबार भएकामध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत, बुटवल पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत, एक्सेल डेभलदपमेन्ट बैंकको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

त्यस्तै राधि विद्युत कम्पनीको सेयरमूल्य ९.६० प्रतिशत र लुम्बिनी विकास बैंकको सेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ । यता हिमालयन पावर पार्टनरको सेयरमूल्य ६.३६ प्रतिशतले गिरावट हुँदा युनिलिभर नेपालको सेयरमूल्य ३.८८ प्रतिशत र बोटर्लस नेपालको सेयरमूल्य ३.७७ प्रतिशतले गिरावट भएको छ ।