
एजेन्सी । दक्षिण कोरियाको ओसानमा अपार्टमेन्टभित्र साङ्लो मार्नका लागि आगो लगाएकी महिला पूरै घर डढाइदिएपछि प्रहरीले उनका विरुद्ध पक्राउपुर्जी तयार पारेको छ ।
ती महिलाले आगो फ्याँक्ने यन्त्र (फ्लेमथ्रोअर) बाट ककरोच अर्थात् साङ्लो मार्न खोजेकी थिइन् ।
आगलागीपछि ती महिलाकी छिमेकीको झ्यालबाट हाम्फाल्दा लडेर मृत्यु भएको थियो ।
पहिला पनि ती महिलाले आगो लगाएर साङ्ला मार्ने गरेकी थिइन् । तर, सोमबारको घटनामा घरका अरू सामानमा आगो लागेको थियो ।
आगो लगाएको र लापरवाही गरेर कसैको ज्यान जानका लागि योगदान गरेको आरोपमा ती महिलामाथि मुद्दा चलाइनेछ ।
सामाजिक सञ्जालमा फ्लेमथ्रोअरमार्फत साङ्ला र अन्य कीरा मार्ने भिडियो आजकल लोकप्रिय बनेका छन् ।
घटनामा मृत्यु हुने महिला चिनियाँ नागरिक भएको बताइएको छ । उनी आफ्ना पति र दुई महिनाको सन्तानसँग पाँचौं तल्लामा बस्थिन् ।
त्यस भवनको भुइँतल्लामा पसलहरू छन् भने दोस्रोदेखि पाँचौं तल्लासम्म ३२ वटा फ्ल्याटहरू छन् ।
अन्य आठजना निवासीहरूलाई धूवाँ निलेर सास फेर्न गाह्रो परेको थियो ।








प्रतिक्रिया