सेयर बजार एक वर्षयताकै न्यून बिन्दुमा, बजार परिसूचक नेप्से २४८७.१३ मा झर्यो

77
Shares


काठमाडौं । दशैंपछि लगातार घट्दो क्रममा देखिएको सेयर बजार एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से १८.४० अंक (०.७३ प्रतिशत) ले गिरावट हुँदा २४८७.१३ को बिन्दुमा पुगेको हो ।

२०८१ असार अन्तिममा एमाले कांग्रेसको सरकार गठन भएसँगै बढेर ३० हजारको बिन्दु पार गरेको नेप्से त्यसपछि उतारचढाव कायम देखिएको थियो । २५ सयदेखि ३ हजारको बिमा एक वर्षखदेखि रोकिएको सेयर बजार बिहिबार भने २५०० को बिन्दुबाट घटेको हो ।

बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार नेप्सेमा ३६ हजार ५३१ कारोबारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब २७ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार मुक्तिनाथ विकास बैंकको सर्वाधिक १५ करोड ३१ लाख रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको १३ करोड ५ लाख र शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा म्युचुअल फण्ड र बैंकिङ बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.२१ प्रतिशतले बढेको हो ।

अन्य समूह सर्वाधिक २.२१ प्रतिशतले गिरावट हुँदा फाइनान्स, विकास बैंक र हाइड्रोपावर उपसूचक पनि १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ ।

बिहिबार बजारमा २५१ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा ४५ कम्पनीको सेयरमूल्य बढेका छन् । त्यस्तै १९७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको स्थिर छ । नेप्सेमा गिरावाट भएपनि बिहिबार हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य भने ९.९३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कालिका लघुवित्तको ५.६९ प्रतिशत र इन्फिनीटी लघुवित्तको ३.८९ प्रतिशतले बढेर बन्द भएको छ ।

त्यस्तै ग्रामिण लघुवित्तमा मर्जर हुँदै गरेको समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । युनिक नेपाल लघुवित्तको सेयरमूल्य ७.३३ प्रतिशत र समता घरेलु लघुवित्तको सेयरमूल्य ६.२५ प्रतिशतले गिरावट भएको छ ।