बालेन र सुधनविरुद्ध अर्को पनि उजुरी, के होला?

539
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध अर्को जाहेरी दर्ता भएको छ ।

अधिवक्ता युवराज सफलले दुवै जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा राजद्रोह सम्बन्धी जाहेरी दिएका हुन् । जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित भएर जाहेरी परेको छ ।

यसअघि एमालेनिकट अनेरास्ववियुले मंगलबार मेयर शाह र संस्थापक गुरुङविरुद्ध जाहेरी दिएको थियो । तर त्यसलाई के गर्ने भन्ने निर्णय भइनसक्दै अर्को जाहेरी परेको हो ।

दुबै जाहेरिलाई त्यसलाई जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।