
काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैं) को बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल सुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल सुरु भएको हो ।
यस वर्ष असोज १६ गते दशैंको टीका थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
अब दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल सुरु भएको हो ।
सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम सुरु गरिसकेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।








प्रतिक्रिया