
विराटनगर । अविरल वर्षपछिको बाढीका कारण कोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झण्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको हो । भीषण वर्षाले नदीमा उच्च रुपमा बहाव वृद्धि भइरहेको छ ।
आइतबार बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन गर्दा सबै ढोका खोलिएको हो । ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए।








प्रतिक्रिया