भौतिक मन्त्रालयअन्तर्गत ३० सवारी साधन पूर्ण रुपमा नष्ट, अन्य क्षति यस्तो छ

0
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३० वटा सवारी साधन पूर्णरुपमा जलेका छन् ।

मन्त्रालयले प्रारम्भिक लगत संकलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार आन्दोलनको क्रममा ११ वटा चारपांग्रे र १७ वटा दुई पांग्रे सवारी साधन जलेर पूर्णरुपमा नष्ट भएका छन् । यस्तै २ वटा सवारी साधन मन्त्रालयबाट हराएको छ ।

यसैगरी ७ वटा दुई पांग्रे सवारी साधन आंशिक रुपमा जलेका छन् । २ वटा दुई पांग्रे र १८ वटा चार पांग्रे सवारी साधनमा तोडफोड भएको छ । यसरी दुबै प्रकारको सवारी साधन गरी ५७ वटा सवारी साधनमा क्षति पुगेको छ ।

यस्तै मन्त्रालयतर्फ जिन्सी सम्पतितर्फ डेक्सटप कम्प्युटर सेट, प्रिन्टर, विभिन्न प्रकारका टेवल र कुर्सी, सोफा सेट, विभिन्न पंखा, गलैंचा, फायल क्याविनेट, विभिन्न प्रकारका बोर्डलगायतमा तोडफोड र लुटपाट भएको छ ।