शासकीय प्रणालीमा परिवर्तन गर्ने विषय वर्तमान सरकारको अधिकार क्षेत्रभित्र पर्दैन: प्रधानमन्त्री

0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीमा परिवर्तन गर्ने विषय वर्तमान सरकारको अधिकार क्षेत्रभित्र नपर्ने बताएकी छन् । आवश्यक परेमा मात्र संविधान संशोधनमार्फत यस्तो प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।

हालै जेनजी आन्दोलनका केही युवाले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको प्राथमिकता आगामी निर्वाचनमै केन्द्रित रहेको स्पष्ट पारिन्।

“शासकीय प्रणालीमा संशोधन गर्नु वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो। यसलाई संवैधानिक प्रक्रियामार्फत मात्र अघि बढाउन सकिन्छ,” उनले भनिन्।

जेनजी आन्दोलनरत युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था नभए अर्को आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन्।