
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आफ्नो मन्त्रालय र मातहतका विभागका कर्मचारीले घुस मागे आफूलाई सम्पर्क गर्न अपिल गरेका छन् ।
मन्त्री घिसिङले मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा हुने ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दु:ख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा आफूलाई सम्पर्क गर्ने आग्रह गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयसँग सम्बन्धित गुनासो तथा उजुरी इमेल [email protected]/ [email protected], टेलिफोन नं. 01-4211511, हटलाइन नं. 1151 मा गर्न सकिने छ । त्यसैगरी, शहरी विकास मन्त्रालयसँग सम्बन्धित गुनासो वा उजुरी भए इमेल, [email protected]/[email protected], टेलिफोन नं.: 01-4200011 मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित, इमेल: [email protected]/ [email protected] मा गुनासो वा उजुरी गर्न मन्त्री घिसिङले आग्रह गरेका छन् ।
यसअघि अर्थ तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले पनि गुनासो तथा उजुरी लिने घोषणा गरेका थिए । खनालसमक्ष २४ घन्टामा २०० भन्दा बढी उजुरी परिसकेका छन् भने ५० उजुरीमाथि कारबाही पनि भइसकेको छ ।








प्रतिक्रिया