
काठमाडौं । सञ्चारकर्मी जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएपछि इमेज टेलिभिजनबाट बिदा भएका छन्। सोमबार मन्त्रीको सपथ ग्रहण गर्नुअघि उनी टेलिभिजनका सहकर्मीहरूबाट बिदाइ भएका हुन् ।
खरेल इमेज टेलिभिजनका समाचार प्रमुखसमेत थिए । ‘जेनजी’ आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारले उनलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएको हो ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले खरेलको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरी मन्त्री नियुक्त गराइएको हो ।
३ बजेपछि शीतल निवासमा सपथ कार्यक्रम हुँदैछ ।








प्रतिक्रिया