
काठमाडौं । देशको अर्थतन्त्र उकास्नलाई हम्मेहम्मे परेका बेला नेताको निर्वाचन क्षेत्रमा पैसाको खोलो बगेको छ । रामेश्वर खनाल अर्थमन्त्रालयको पदभार सम्हाल्दै गर्दा देखिएका पर्वतका शालिकराम पौडेलले नेपाल मा ७ वटा मात्रै जिल्ला छन् भनेर औंल्याएको विषय सोचनिय छ ।
पौडेलले भनेजस्तै पछिल्लो १०/१५ वर्षदेखि विकासे बजेटको प्रमुख हिस्साको खोलो प्रमुख तीन दलका प्रभावकारी नेताकै जिल्लामै बगाइएको छ यसपाली पनि त्यस्तै भयो ।
तिनै नेताको जिल्लामा पैसा खन्याइयो । अर्थतन्त्रमा दीर्घकालीन रुपमा असर पुर्याउन सक्ने, उद्योग, कलकारखाना फस्टाउनुका साथै सर्वसाधारणले रोजगारी प्राप्त गर्न सक्ने विषयमा विचार नै नगरी ‘आफ्नो हात जगन्नाथ’ भनेजस्तै विकासे बजेटको अधिकांश हिस्सा सात वटा टाउकोमा परेको छ ।
चालु आर्थिक वर्षको विकासे बजेट घुमिफिरी सात प्रमुख नेताको वरिपरी घुम्ने गरी छरिएको छ । आफ्नो क्षेत्रमा पैसाको खोलो बगाउने ७ नेता को हुन् भनेर तपाइले सजिलै अनुमान लगाउन सक्नुहुन्छ । तर कति बजेट खन्याएका छन् ? आउनुस् यसबारेमा चर्चा गरौं ।







प्रतिक्रिया