
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन–जी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन् ।
त्यसक्रममा भण्डारीले नेपालका राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताइन् ।
जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा गोली चल्नु, ज्यान जानु, घाइते हुने र सार्वजनिक सम्पत्तिमाथि आगजानी गरिनुको गहिरो अध्ययन हुनुपर्ने पनि उनले बताइन् ।
जेनजीहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकार सुन्नुपर्ने र आवश्यक पर्दा नेतृत्व परिवर्तन समेत गर्नुपर्ने उनको भनाइ छ ।













प्रतिक्रिया