
काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सहमहामन्त्री जीवन परियारले यस्तो जानकारी दिएका हुन् ।
बैठकले संसद् विघटनको विषयमा अन्य राजनीतिक दलहरूसँग पनि आवश्यक छलफल गर्ने निर्णय गरेको छ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दोलनका क्रममा देखिएको तोडफोड, आगजनी र लुटपाटप्रति कांग्रेसले गम्भीर आपत्ति जनाएको बताए।
‘घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीमा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने हाम्रो माग हो,’ उनले भने ।








प्रतिक्रिया