
काठमाडौं । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिए ।
काफ्लेका अनुसार भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको हो ।








प्रतिक्रिया