व्यवसायी विनोद चौधरी र शेखर गोल्छाको घरमा पनि तोडफोड, लुटपाट र आगजनी

6k
Shares

काठमाडौं । प्रदर्शनकारीले व्यवसायीद्वय विनोद चौधरी तथा शेखर गोल्छाको घरमा पनि तोडफोड, लुटपाट तथा आगजनी गरेका छन् । यसअघि सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएकामा प्रदर्शनकारीहरु व्यक्तिगत सम्पत्तिमा पनि प्रहार गरेको हो ।

चौधरीको रविभवनस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरी घरै लुटपाट गरेका छन् । यसैगरी शेखर गोल्छाको सितापाइलास्थिति निवासमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, राष्ट्रपति निवास शितल भवन, सर्वोच्च अदालत, कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्टको भवन, निजी क्षेत्रका व्यवसायीको शोरुम तथा गोदाममाथि आक्रमण गरेका छन् ।