जेनजीको प्रदर्शनः पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु

14
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा पनि कर्फ्यु आदेश जारी गरेको छ । जेनजीको प्रदर्शन नियन्त्रण गर्न जिल्ला प्रशसन कार्यालय कास्कीले पोखरामा कर्फ्यु आदेश जारी गरेको हो ।

जिल्ला प्रशासनले पोखराको शहिदचोक आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

‘पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी २३ भदौ २ बजेदेखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तोकिएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ,’ कस्की जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। प्रशसनले शहिद चोकबाट पूर्वतर्फ वाई चोक, उत्तर पूर्वतर्फको मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, कास्की र दक्षिण तर्फ राष्ट्र बैंक चोक (दक्षिण पश्चिततर्फ पर्यटन बोर्डको कार्यालय अगाडि , ड्यामसाइड) सम्मको सीमा तोकेर अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको हो ।