
काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा फोटो पत्रकार दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।
नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो ढुंगाना र कार्की घाइते भएका हुन् ।
नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीको रबरको गोली लागेको हो ।
प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार श्रेष्ठ पनि घाइते भएका थिए ।








प्रतिक्रिया