
सर्लाही । एनएमबि बैंकले सर्लाहीको लालबन्दी-५ मा अवस्थित अमर जैन विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरुको शैक्षिक उत्प्रेरणामा सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता अनुरुप सो कार्यक्रम आयोजना गरेको हो।
बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मानेर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन सहयोग गर्ने लक्ष्य राखेको छ। यसभन्दा पहिले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउँनका लागि विद्यार्थीलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडा अध्यक्ष रामसागर ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो । उनले एनएमबि बैंकले गरेझैं प्रशंसनीय यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । त्यस्तै, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र,लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो ।
उनीहरुले बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमार्फत निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। सोही सहकार्यको उल्लेख गर्दै बैंकले यस्तो उदाहरणीय कार्यको सराहना गरेका थिए ।








प्रतिक्रिया