
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तका ४०२ ऋणीहरूले ऋण नतिरेपछि लघुवित्तले ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ ।
ऋणीहरूले संस्थाबाट लिएको कर्जा तोकिएको समयमा पनि साँवा ब्याज नबुझाएपछि भदौ १६ गते सूचना निकाल्दै ऋण भुक्तानी गर्नको ३५ दिने सूचना प्रकाशन गरेको हो ।
लघुवित्तले ऋण तिर्ने ३५ दिने सूचनाका प्रकाशित गर्दै ऋणीको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ ।
सूचना निकालिएको ३५ दिनभित्र ऋणीहरूले बुझाउनु पर्ने सूचनामा उल्लेख छ । अन्यथा सम्पूर्ण रकम नबुझाए बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ को कर्जा असुली सम्बन्धी व्यवस्था बमोजिम ऋणी तथा जमानीकर्ताको नाम कालोसूचीमा सूचीकृत गरी राज्यले प्रदान गर्ने जुनसुकै सेवाबाट बञ्चित गराउने सूचनामा उल्लेख छ । साथै राहदानी रोक्का तथा जफत गरिने र धिता राखिएको चल अचल सम्पत्ति जफत गरि बिक्री गरिने सूचनामा उल्लेख छ ।











प्रतिक्रिया