एकैपटक १५० ऋणीको धितो लिलाम गर्दै एनआईसी एशिया बैंक, निकाल्यो ७ दिने सूचना

546
Shares

काठमाडौं । काठमाडौं । एनआईसी एशिया बैंकले ऋण नतिर्ने १५० जना ऋणीको धितो लिलामको लागि दोस्रो पटक ७ दिने सूचना निकालेको छ । सोमबार बैंकले एकसाथ १५० ऋणीको धितो लिलाम गर्न ७ दिन सूचना प्रकाशित गरेको हो ।

यसअघि धितो लिलामको लागि १५ दिने सुचना प्रकशित गर्दा बिक्री हुन नसकेपछि पुन ७ दिनका सूचना प्रकाशित गरेको हो। दोस्रो पटक सूचना प्रकाशित भएको ७ दिनमा पनि उक्त धितो लिलामी हुन नसकेमा बैंकले गैर बैकिङ सम्पतिमा सकार्नुपर्ने हुन्छ ।

एनआईसी एशिया बैंकले लगानी गरेको अधिकांश कर्जा सानो भएकोले बैंकले लिलामी निकालेको धितो पनि सोनोसानो मूल्यका छन् । ऋणीलाई ऋण तिर्न पटक पटक मौखिक सूचना र ऋण तिर्ने ३५ दिन सूचना प्रकाशित गर्दा पनि ऋण नतिरेपछि यसअघि नै धितो लिलामको १५ दिने सूचना प्रकाशित गरिसकेको बैंकले जनाएको छ ।