ट्रम्पको नोबेल शान्ति पुरस्कारको आकांक्षा धरापमा, ५ मध्ये ३ सदस्य विपक्षमा

1.9k
Shares

एजेन्सी । नोबेल शान्ति पुरस्कार समितिका पाँचमध्ये तीन सदस्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई पुरस्कृत नगर्ने पक्षमा रहेको द वाशिङटन पोस्टले समाचार प्रकाशन गरेको छ ।

पाकिस्तान, कम्बोडिया, आर्मेनिया लगायतका मुलुकले ट्रम्पलाई औपचारिक रूपमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको भए पनि उनले पुरस्कार पाउने निश्चित छैन ।

ट्रम्पका समर्थकहरूले उनको विश्वव्यापी प्रभाव र विभिन्न युद्धहरू रोक्न उनले खेलेको भूमिकाको कदर हुनुपर्ने बताइरहेका छन् ।

तर, पुरस्कार समितिका बहुमत सदस्यहरू ट्रम्पको विपक्षमा रहेकाले उनी पुरस्कृत हुने सम्भावना न्यून छ ।