
एजेन्सी । रुसले भारतको वायुसेनाको क्षमता बढाउनका लागि तु–१६०एम ह्वाइट स्वान बमवर्षक विमान किन्न प्रस्ताव गरेको छ ।
रेजोेनेन्ट न्युजले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, ध्वनिको गतिभन्दा छिटो उड्ने सुपरसोनिक विमानको रेन्ज १२ हजार किलोमिटर छ । यसले भारतलाई लामो दूरीमा निशाना बनाउन र शत्रुलाई रोक्न सहयोग गर्नेछ । यसमा आणविक हतियार राख्न मिल्ने सुविधा पनि छ ।
तु–१६०एम विमान रुसको विमान बेडाको महत्त्वपूर्ण सम्पत्ति हो । त्यस विमानमा भएको अत्याधुनिक एभियोनिक्स र भेरिएबल स्वीप विंग डिजाइनले युद्धको जस्तोसुकै परिस्थितिमा पनि सफल कारवाही गर्न सहयोग गर्छ । सिरियामा उक्त विमानको प्रभावकारिता स्पष्ट भइसकेको छ ।
यसले सटीक प्रहार गर्ने गरी खिन्जाल–१०१ क्रुज क्षेप्यास्त्र पनि प्रहार गर्न सक्छ । हालै यस विमानका रेडार र एभियोनिक प्रणालीमा स्तरोन्नति गरिएको छ ।
भारतले तु–१६०एम विमान किनेमा उसको वायुसैन्य क्षमता उल्लेख्य रूपमा बढ्नेछ । लामो दूरीको आणविक बमवर्षक विमान भएका केही मात्र देशमा भारत पनि पर्नेछ ।
रुस र भारतको रक्षा सम्बन्ध बढिरहेको अवस्थामा रुसले यो बमवर्षक विमानको अफर गरेको हो । यसले क्षेत्रीय सुरक्षा र विश्वव्यापी भूराजनीतिक खेलमा गहिरो असर पार्नेछ ।








प्रतिक्रिया