पाँचतारे बर्नबास म्यूजियम होटलले ११ महिनामा गर्‍यो मात्र १ करोड ७० लाखको व्यापार

0
Shares

काठमाडौं । बालुवाटारमा रहेको पाँचतारे बर्नबास म्यूजियम होटलले गत आर्थिक वर्षको ११ महिनामा १ करोड ७० लाख रुपैयाँ मात्रै व्यापार गरेको छ ।

सन् २०१८ मा स्थापना भई सन् २०२४ बाट सामान्य रुपमा सञ्चालनमा आएको होटलले गत आवको ११ महिनाको अवधिमा १ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको हो ।

कम्पनीले हालसम्म नाफा कमाउन सकेको छैन । कम्पनीले अघिल्लो वर्ष र गत वर्ष गरी दुबै वर्ष नाफा नकारात्मक रहेको जनाएको छ ।

कम्पनीले सन् २०२४ मा ९० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त वर्ष ५ महिनामा मात्रै कारोबार गरेको थियो । कम्पनी सन् २०२४ को अगस्टमा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । होटलमा ४८ वटा कोठाको सुविधा रहेको छ ।

होटलमा आधुनिक प्रकारका सुविधा छन् । कम्पनीअनुसार होटलमा खाना तथा बेभरेजको सुविधा, स्वीमिङ पुल, स्पा, कम्वन्फरेन्स हल र अन्य सुविधा रहेको छ ।