
काठमाडौं । ललितपुरको सनराइज अपार्टमेन्टको पार्किङ क्षेत्रबाट कार चोरी भएको छ । साउन १३ गते राति करिब ९ बजेतिर बा २५ च ८७०० नम्बरको कार हराएको थियो ।
कार चोरीको आरोपमा प्रहरीले रामेछापका श्रीकृष्ण पौडेललाई पक्राउ गरेको छ । सातदोबाटोस्थित प्रहरी वृत्तको टोलीले पौडेललाई पक्राउ गरेको हो । चोरीको आरोपमा पौडेल पक्राउ परे पनि हराएको कार भने फेला नपरेको प्रहरीले जनाएको छ । उनले कार चोरी गरेको भने स्वीकार गरेको प्रहरीको भनाइ छ ।
पौडेलले आफूले कार चोरी गरे पनि कहाँ पार्क गरेँ भन्ने बिर्सिएकाले नभेटेको बयान दिएको प्रहरीले जनाएको छ ।
चोरी भएको कार बानेश्वरस्थित नागरिक अस्पतालको आसपासमा गुडिरहेको देखिएको समेत प्रहरीले जनाएको छ ।
कारधनी ओमन खड्काले आफ्नै घरमा सरसफाइका लागि आउने पौडेलले चोरी गर्ने मनसायसहित कार लिएर फरार भएको आरोप लगाएका छन् ।








प्रतिक्रिया